काठमाडौँ – विश्व कोरोना भाइरस (कोभिड–१९)ले आक्रान्त बनिरहेका बेला नबिल बैंकले ‘नबिल जेन–एन एकाउन्ट’ ल्याएको थियो । ‘नबिल जेन–एन एकाउन्ट’ नयाँ सोच र नयाँ जोस बोकेका प्रविधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको हो ।


ADVERTISEMENT


यो योजनाले डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात गरिएको नबिल बैंक विश्वस्त छ । यसमा नेपाल टेलिकम एनसेल २ जिबी डाटा प्याकेजको विशेष सुविधाका साथै थुप्रै प्रविधिमैत्री सेवाहरु जस्तै मोबाईल बैंकिङ, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड जारी गरिएको बैँकले जनाएको छ।


ADVERTISEMENT

# # #


यस बचत खाताको लोकप्रियताका कारण बजारमा यसै प्रकारका खाताहरु संचालनमा आएको बताउँदै बैँकले मिल्दो जुल्दो नाममा नझुक्नि समेत बैँकले आग्रह गरेको छ । कोरोनाको असहज परिस्थितिका बावजुद संचालनमा आएको एक वर्ष नपुग्दै यस बचत खातामा १ लाख भन्दा बढी ग्राहक आवद्ध भइसकेका छन् ।

नबिल बैंकले ११९ शाखा, १८५ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत उच्च स्तरको सेवा प्रदान गर्दै आएको छ ।