काठमाडौँ– बैतडीबाट प्रतिनिधि सभाको लागि एमालेबाट पूर्व अर्थ राज्यमन्त्री दामोदर भण्डारीले टिकट पाएका छन् ।


ADVERTISEMENT


पहिलो चरण अन्तर्गत ३२ जिल्लामा आगामी मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेले उम्मेद्वारको टुङ्को लगाएसंगै बैतडीबाट भण्डारीले पाएका हुन् । संघको लागि एक मात्र निर्वाचन क्षेत्र भएको बैतडीबाट टिकट पाएका भण्डारीले यस अघिको संविधान सभाको निर्वाचनमा पनि बैतडी बाट नै प्रतिनिधित्व गरेका थिए ।


ADVERTISEMENT

# # #


एमाले र माओवादी गठबन्धनपछि ६०/४० को भागबण्डा अनुसार एमालेका तर्फबाट भण्डारीले प्रतिनिधि सभाको लागि टिकट पाएका छन् । प्रदेशका लागि दुई निर्वाचन क्षेत्र भएको बैतडीमा एउटा माओवादी र अर्को एमालेले भाग गर्नेछन् । त्यसका लागि कसलाई उम्मेद्वार बनाउने भन्न बारे सहमति गर्न छलफल चलिरहेको छ ।