काठमाडौँ – छोटचो समयमा विश्वभर प्रविधिको क्षेत्रमा तीव्र बजार विस्तार गरेको स्मार्टफोन ब्राण्ड रियलमीले आफ्ना नयाँ प्रयोगकर्ताका लागि स्मार्टफोन गुणस्तर स्टान्डर्डको अनावरण गरेको छ ।


ADVERTISEMENT


रियलमीले टीयुभी रियनल्याण्डसँग सहकार्य गरेर ३ वर्षको चक्रीय अनुभवका साथ संयुक्त रुपमा टीयुभी रियनल्याण्ड स्र्माफोन उच्च विश्वसनीय गुणस्तर प्रमाणपत्र निर्धारण गरेको हो । उक्त प्रमाणपत्र पाउने पहिलो मोबाइल फोन सी २१÷२५ बनेको छ ।


ADVERTISEMENT

# # #


रियलमीले टीयुभी रियनल्याण्डसँग गुणस्तर नियन्त्रण प्रक्रियालाई उपल्लो चरणमा पुगाउने उद्देश्यका साथ उच्च विश्वसनीय प्रमाणपत्रका लागि काम गरिरहेको छ । रियलमी नै उच्च विश्वसनीय टीयुभी रियनल्याण्ड प्रमाणपत्र पाउने विश्वको पहिलो स्मार्टफोन ब्राण्ड बनेको छ । यसले गुणस्तर स्टान्डर्ड मानक निर्धारणका लागि गुणस्तर नियन्त्रण र पूर्ण स्मार्टफोन जाँच गर्दछ ।

रियलमी र टीयुभी रियनल्याण्ड कम्पनीले संयुक्त रुपमा ८ महीनासम्म विस्तृत अध्ययन गरेपश्चात् टीयुभी रियनल्याण्ड स्मार्टफोन उच्च विश्वसनीय प्रमाणपत्रका रुपमा निर्धारण गरेको हो, जसले विश्वका ठूला स्मार्टफोन उद्योगमा उद्योग मानकको रुपमा काम गर्ने प्रक्षेपण गरिएको छ ।

टीयुभी रियनल्याण्ड स्मार्टफोन उच्च गुणस्तरीय प्रमाणपत्रले स्मार्टफोनका मुख्य २३ वटा जाँचको प्रक्रिया समेत्दछ, जसअन्तर्गत १० प्रयोग परीक्षण परिदृशयहरु जस्तै ड्रप(छोड्नु), वेयर(कभर गर्नु), टियर(च्यात्नु)सहित तापक्रम, आद्रता, भोल्टेज उतारचढाव, हावाको चाप, बटन लाइफ, स्थिर बिजुली गरी सात चरम वातावरणीय जाँच परिदृश्यहरु र ६ वटा घटक विश्वसनीय जाँच परिदृश्यहरु हुन्छन् ।