काठमाडौँ – नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनामा पोख्रेलले आफ्ना प्रत्याशी निर्मला शर्मालाई ३ हजार २७ मतले पछि पार्दै जीत हाँसिल गरेका हुन् ।


ADVERTISEMENT


निर्वाचन समितिका अनुसार पोख्रेलले ६ हजार ९ सय ४२ र उनका निकटतम प्रतिद्वन्द्वी शर्माले तीन हजार ९ सय १५ मात्र मत प्राप्त गरेकी छिन्।


ADVERTISEMENT

# # #


अध्यक्षकै अर्का उम्मेदवार गजेन्द्रसिंह बुढाथोकीले ४ सय ९१ मत र रामप्रसाद दाहालले एक सय ५६ मत प्राप्त गरेका छन्।

बिहीवार महासंघको प्रत्यक्ष निर्वाचन प्रणालीबाट मतदान गरिएकोमा वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र खुला सचिवमा गोविन्दप्रसाद चौलागाईँ निर्वाचित भएका छन्। यसैगरी महिला सचिवमा सिर्जना अर्याल, आदिवासी जनजातितर्फको सचिवमा सुन्दर किलम्बु, मधेश सचिवमा दीपेन्द्र चौहान, दलित सचिवमा हेमवर्क बिक निर्वाचित भएकोमा एशोसिएट सचिवमा पवन आचायौ निर्वाचित भएका छन् । लो समिति संयोजकमा लेखनाथ न्यौपाने, एशोसिएट कोषाध्यक्षमा कलेन्द्र सेजुवाल विजयी भएका छन् ।

मतदानमा देशभरीबाट १३ हजार पत्रकारहरु मतदाताका रुपमा सहभागी भएका थिए ।