काठमाडौँ – मुलुकको अर्थतन्त्र दुई अंकको बनाउने उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासंघले १० वर्षीय योजनाअन्तर्गत ‘भिजन पेपर २०३०’ सार्वजनिक गरेको छ । शनिवार महासंघको ५५ औँ वार्षिक साधारण सभामा उक्त भिजन पेपर सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT


महासंघले १० वर्षमा नेपालको अर्थतन्त्र एक सय अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्य लिएको छ जसमा १ सय ५० अर्ब डलर लगानी आवश्यक भएको प्रक्षेपण महासंघले गरेको छ । जसमा १ सय ८ अर्ब डलर निजी क्षेत्रले लगानी गर्ने बताइएको छ ।


ADVERTISEMENT

# # #


महासंघले भिजन पेपरमार्फत १ सय वटा योजना अघि सारेको छ ।

यसका लागि महासंघले मुख्यगरी १४ वटा नीतिगत व्यवस्थामा सुधार गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । महासंघले कालोबजारी र अन्य सामाजिक अपराध तथा कारवाही ऐन २०३२, राजस्व न्यायाधिकरण ऐन २०६३, सार्वजनिक खरिद ऐन २०६३, उपभोक्ता संरक्षण ऐन २०७५, औद्योगिक उद्यम ऐन २०७६, भूमि ऐन २०२१, सम्पत्ति शुद्धिकरण ऐन २०५२ सुधार गर्नुपर्ने माग भिजन पेपरमार्फत राखेको छ । यस लगायत वातावरण संरक्षण ऐन २०७६, राजस्व चुहावट ऐन २०५२, मूल्य अभिवृद्धि कर २०५२, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४, पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ र बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन २०५८ मा पनि व्यापक समस्या भएकाले यिनलाई सुधार गर्नुपर्ने महासंघले बताएको छ ।