बाम गठबन्धन र वर्तमान राजनीतिक परिदृश्यका बारेमा नेकपा एमालेका सचिव भीम आचार्यसंग गरिएको कुराकानी :


ADVERTISEMENT


निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेद्वारको छनोटमा यहाँको व्यस्तता रहेको छ । या विषय कहिलेसम्म टुङ्गो लाग्छ ?


ADVERTISEMENT

# # #


माओवादी केन्द्रसंगको चुनावी तालमेल अन्तर्गत कहाँ कसरी गर्ने भन्ने बारेमा छलफल चलिरहेको छ । छिट्टै नै यो छलफल सकिएर केही दिनमै निर्णय गर्छौँ ।

पहिले नायँ शक्ति, माओवादी र एमाले गरी त्न दल मिलेर बाम गठबन्धन गर्ने भनिएको थियो तर बीचमा नयाँ शक्तिले छाडेको छ । अब बाम गठबन्धनको उर्जा कत्तिको छ ?

बाम गठबन्धन पनि राम्रै चिज हो तर के भने एउटै चुनाव चिन्ह भएको भए धेरै सजिलो हुन्थ्यो । चुनाव चिन्हको कन्फ्याुजनले गर्दा अलि बढि नै प्रयास गर्नु पर्ने देखिन्छ । माओवादी साथीहरुको भनाई के हो भने पार्टी नै एकिकृत भइदिएको भए सजिलो हुन्थ्यो । हाम्रो संवैधानिक व्यवस्थाले गर्दा पाँच वर्ष एमाले कै ह्वीप लाग्ने खालको स्थिति हुँदा रहेछ । त्यस कारण साथीहरु मान्नु भएन । पार्टी नै एकिकृत गरौँ त्यस पछि समस्या रहँदैन भन्ने कुरा भयो । त्यो भएर अन्तिममा आएर चुनाव चिन्ह आ–आफ्नो लिने निर्णय भयो । बाबुराम जीको जहाँ सम्मको सवाल हो उहाँले गोरखा – २ मागेको तर माओवादीले कुनै पनि हालतमा नदिने भएका कारण उहाँ हतारिए जानु भएको हो । छलफल गर्दा अभल पनि मिलाउन सकिन्थ्यो कि हामीले कोशिस गरिरहेका थियौँ तर उहाँलाई हतार भयो ।

अहिलेको बाम एकता र पार्टी एकिकरण गर्नेसम्मको कुरा अगाडी बढिराखेको छ । यसको औचित्यबारे जनतालाई बुझाईदिनुस् न
यो नेपालको विकासको एजेण्डा स्थापना गर्ने, राजनीतिक अस्थिरतालाई समाप्त गर्ने, लोकतन्त्रलाई सुदृढ गर्ने, समाजवाद उन्मुख ढंगले मुलूकलाई अगाडी बढाउने, न्यायपूर्ण लाकेतन्त्रध स्थापित गर्ने जस्ता सबै चिजको लागि राजनीतिक स्थिरता जरुरी छ । वर्षको वर्ष नै प्रधानमन्त्री फेरिने नेपालको अवस्थालाई परिवर्तन गरेर कमसेकम पाँच वर्षको स्थिर सरकार बनाउने र मुलूकलाई विकास र समृद्धिको बाटोमा लैजाने मूल उद्देश्यका साथ यो एकता हुन लागेको हो ।

चुनाव लगत्तैको राजनीतिक परिदृश्य कस्तो बन्छ ? अहिलेको परिस्थिति अनुसार के अनुमान गर्न सकिन्छ ?

अब चुनाव पछि केन्द्र र प्रदेश दुबैमा एमालेको नेतृत्वमा सरकार बन्छ । त्यस पछि पाँच वर्षको एउटा स्थायी सरकार बन्छ ।

बाम गठबन्धनले जितेको पार्टी एकिकरण पश्चात खण्डमा प्रधानमन्त्री केपी ओलीलाई र राष्ट्रपति माओवादी अध्यक्ष प्रचण्डलाई दिने भन्ने खालको हल्ला बजारमा छ । पार्टी पदको बाँडफाँडको बारेमा छलफल भएको छ कि छैन ?

पार्टी एकिकरणको सन्दर्भमा धेरै ठूलो कुरा पनि भएको छैन । जिम्मेवारी मिलाएर जाऔँला भन्ने कुरा भइरहेको छ । मुख्य कुरा पार्टी एकताको कुरा हो । तर अहिले पार्टी एकतासम्म पुग्ने हामीसंग समय छैन । त्यसका लागि धेरै अभ्यास जरुरी छ । सबै कुरा त्यतीखेर नै हुन्छ ।

सरकार बनाउनका लागि पनि त बहुमत चाहिएला नि ? तर अहिलेको अवस्थामा त बहुमत आउँने देखिँदैन । के छ तपाईँको अनुमान ?

एक नम्बर प्रदेशमा हामी दुई तिहाई क्रस गछौँ । अन्यत्र पनि साथीहरुको रिपोर्टिङ राम्रो छ । त्यसको आधारमा राम्रो बहुमत हामी ल्याउँछौँ । समय हामीसंग कम छ तर पनि के छ भने सबै उम्मेद्वारी सबै सिट बाडफाँड भइसकेपछि हाम्रा तलतल संयुक्त कमिटीहरु बन्छन् र संयुक्त रुपले सबै जनताका बीचमा जाने अभियान सञ्चालन गर्छौ ।

अन्त्यमा,  आम जनतालाई बाम गठबन्धनका तर्फबाट, एमालेका तफबाट के भन्न चाहनुहुन्छ ?
परिवर्तनका आकांक्षा जनतामा प्रगाढ छ । यत्रो समयसम्म पनि हामीले जनताका लागि, राष्ट्रका लागि धेरै गर्न सकेका छैनौँ । यसको मूल कारण भनेको राजनीतिक अस्थिरता, दक्षिणपन्थी सोच र दलहरुसंग नेतृत्व रहनु हो । त्यस कारण परिवर्तनको लागि बामपन्थीहरुको हातमा सत्ता जरुरी छ । त्यसको लागि म जनतालाई सहयोग गर्न म विनम्र अनुरोध गर्न चाहान्छु ।