काठमाडौं । लजिक मिडिया प्रा. ली. र हिमालयन टेलिभ्वाईस प्रा. ली.बीच भिडियो सहकार्य भएको छ । लजिक मिडियाका अध्यक्ष लोमश चापागाई र हिमालयन टेलिभ्वाईसका प्रमुख दिलिप कुमार थापा मगरले आज सहकार्यपत्रमा सँयुक्त हस्ताक्षर गरेका हुन् । सो अवसरमा लजिक मिडियाका प्रबन्ध निर्देशक मिलन भण्डारीको समेत उपस्थिती रहेको थियो ।


ADVERTISEMENT


सहकार्य पश्चात लजिक मिडियाद्धारा सञ्चालित हिमालय पोष्ट डटकम मार्फत आम पाठक तथा दर्शकहरुले देशभरीका हरेक खबरहरु भिडियो मार्फत समेत नियमित हेर्न पाउने सुबिधा मिलेको छ ।


ADVERTISEMENT

# # #


श्रब्यदृष्य सहितका पल पलका खबरहरु हिमालय पोष्ट डटकमको नेपाली र अँग्रेजी सँस्करण, हिमालय पोष्ट टिभीको अनलाईन सँस्करण तथा हिमालय पोष्टका फेसबुक,  ट्वीटर, टिकटक लगायतका आधिकारिक सामाजिक सञ्जालहरु मार्फत हेर्न, सुन्न र पढ्न पाईने भएको हो ।

आफ्ना पाठक तथा दर्शकहरुका लागि व्यवशायिक धर्म निभाउँदै सत्यता, निश्पक्षता र बिश्वासनीयताका साथ प्रभावकारी भूमिका निभाउने प्रणसँगै हिमालय पोष्टले समयसापेक्ष पत्रकारिताको रफ्तारलाई अघि बढाउने प्रतिबद्धता समेत ब्यक्त गरेको छ ।