काठमाडौं – गृहमन्त्री सुदन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा आएको भीषण बाढीमा परेकाहरुलाइ उद्धार र राहातका लागि सरकारले तिव्रता दिएको बताएका छन् ।
आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसंगको बैठक पछि संचारकर्मीसंग कुरा गर्दे मन्त्री गुरुङले राहात सामाग्री सहित उद्धारको कामहरु भइरहेको बतााए । उनले बाढीका कारण जलविधुतहरुमा क्षति पुगेका कारण हाल सोलार मार्फत बत्ती जडान गर्ने र टेलिफोन लगायत जडान गर्ने काम भइरहेको उनले जानकारी दिए ।
गोरखाको उत्तरी क्षेत्रमा आइतबार बिहान आएको भीषण बाढीले बुढीगण्डकी नदी आसपासका बस्तीमा ठूलो क्षति पर्याएको छ ।

























