काठमाडौँ – नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले भारतको उत्तराखण्ड महिला क्रिकेट टिमसँग टी–ट्वेन्टी र एक दिवसीय सिरिज खेल्ने भएको छ ।


ADVERTISEMENT


शनिवार बसेको नेपाल क्रिकेट संघको बैठकले अप्रिल तेस्रो हप्तादेखि नेपाली महिला राष्ट्रिय क्रिकेट टिम र उत्तराखण्ड महिला क्रिकेट टिम, भारत बीच टी–ट्वेन्टी र एक दिवसीय मैत्रीपूर्ण प्रतियोगिता सञ्चालनको गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


यद्यपि, खेल कहिलेदेखि शुरु हुन्छ भन्ने मिति भने तय गरिएको छैन ।

नेपालको पुरुष टिमले वैशाख ४ देखि ११ गतेसम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेदरल्याण्ड्स र मलेसियासँग टि–ट्वेन्टी सिरिज खेल्दैछ ।