जनकपुर – जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध निर्वाचित भएका छन् । जनकपुरमा सम्पन्न पहिलो महाधिवेशनमा अध्यक्षमा राउतलाई निर्विरोध चयन गरेपछि अन्य पदका लागि चुनाव भएको थियो ।


ADVERTISEMENT


चुनावबाट उपाध्यक्षमा तीन इन्जिनियर दीपक कुमार साह, नरेन्द्र प्रसाद चौधरी र बसन्त कुशवाहासहित मोहम्द अब्दुल खान विजयी भएका छन् ।


ADVERTISEMENT

# # #


यसैगरी महासचिवमा चन्दन कुमार सिंह, सदस्यहरुमा डा. सुवन्त कुमार कुशवाहा, ललिचतचन्द्र मल्लिक, संजय कुमार यादव, रामकुमार यादव, भोगेन्द्र प्रसाद यादव, भवानी महतो, सिताराम पण्डित, सुरेन्द्र शर्मा, मदनेश कुमार चौधरी, नरेश प्रसाद कुशवाहा, राजेन्द्र राय, बिरेन्द्र महतो र संजय कुमार यादव निर्वाचित भएका छन् ।

यसैगरी अनिता कुमारी मण्डल, अनितादेवी साह, अन्जनीदेवी मण्डल, बविता कुमारी राउत, जुलेखा विवी, आशा कुमारी मेहता, राधा कुमारी यादव, कौशिला देवी महतो, बालगोबिन्द चौधरी, इन्द्रजीत यादव, डा. विनय कुमार पंजियार, ओमप्रकाश साह, सुनिल कुमार यादव, विष्णु प्रसाद यादव , इरफान अहमद शेख, रामकेश गुप्ता, परमेश्वर मुर्गु, योगेन्द्र चौधरी सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचनमा ४५ सय जनाले मतदान गरेकोमा बाँकी पदाधिकारी निर्वाचित पदाधिकारीबाट चुनिने बताइएको छ ।