काठमाडौँ – वाइ वाई चाउचाउको उत्पादक चौधरी ग्रुप (सीजी)ले नेपाली यू–१९ क्रिकेट टिमलाई प्रयोजन गरेको छ । सोमबार एक कार्यक्रमकाबीच नेपाल पक्रकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्द र सीजीका तर्फबाट प्रबन्ध निर्देशक निर्वाण चौधरीले ५ वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT


सम्झौता अनुसार वाइवाईले नेपाली यू–१९ क्रिकेट टोली र यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रायोजन गर्ने भएको छ । जसवापत वाइवाईले क्यानलाई प्रत्येक वर्ष ७० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । जुन प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले बढ्ने क्यानले जनाएको छ ।


ADVERTISEMENT

# # #


सम्झौतापछि बोल्दै क्यानका अध्यक्ष चन्दले क्रिकेट क्षेत्रको विकास र खेलाडीको मनोबल बढाउन सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले क्रिकेट क्षेत्रलाई सही बाटोमा ल्याउन आफुहरु आतुर रहेको बताए ।

यस्तै सीजीका प्रबन्ध निर्देशक चौधरीले क्रिकेटसँग फेरि जोडिन पाउँदा आफू उत्साहित भएको बताए । सिनियर टिमका लागि यू-१९ टिम भविष्य रहेकाले पनि आफूहरु सहयोगका लागि तयार रहेको बताए ।