विभिन्न विज्ञहरुले यसअघि नै दुुध तथा दुधजन्य परिकार स्वास्थ्यको निम्ति अत्यन्तै फलदायी रहेको तथ्य बताउँदै आएका छन् । यस्तै, ती नै विभिन्न दुधजन्य पदार्थमध्ये दही पनि एक हो ।


ADVERTISEMENT


स्वाद मात्र नभई पेट तथा सम्पूर्ण शरीरको निम्ति पनि उत्तिकै उचित रहेको दहीलाई गर्मीययाममा अविश्वसनीय रुपमा शरीरलाई फाइदा पुर्‍याउने एक सुपरफुड पनि मानिन्छ ।


ADVERTISEMENT

# # #


आफ्नो आवश्यकता तथा रुचि अनुरुप लस्सी, दही, या फलफूलसंग फ्रुट-सलादको रुपमा समेत प्रयोग गर्न सकिने दही क्याल्सियम, भिटामिन बी–२, मिटामिन–१२, पोटाशियम, म्याग्नेशियमजस्ता आवश्यक पोषक तत्वहरुले भरिपुर्ण खाद्यपदार्थ हो ।

अझ यसको अर्काे रोचक पक्ष के पनि हो भने, यसलाई हाम्रो शरीरले दुधभन्दा पनि सजिलै रुपमा पचाउन सकिन्छ । उसोभए के एक कचौरा दहीको सेवन गर्मीयाममा शरीरलाई शीतलता प्रदान गर्न पर्याप्त छ त ? पक्कै पनि । गर्मीयाममा दैनिक दहीको सेवन गर्नाले यसबाट व्यक्तिले अचुक लाभहरु लिन सक्छन् ।

यसका फाइदाहरु:

उचित पाचन प्रकृयामा सहयोग

दहीमा पाइने प्रोबायोटिक तत्वले पेट तथा आन्द्रामा हुने गडबढिलाई कम गर्दै शरीरलाई उचित रुपमा खाना पचाउने शक्ति प्रदान गर्छ ।

प्रतिरोधात्मक क्षमताको वृद्वि

दहीमा शरीरलाई आवश्यक पर्ने स्वास्थ्यवर्धक ब्याक्टेरियाको  प्रचुर मात्रा पाइन्छ । जसले शरीरको प्रतिरोध क्षमतालाई बुस्ट गराउँदै व्यक्तिलाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछ ।

मुटुका लागि स्वास्थ्यवर्धक

दही सेवनको अर्काे गुण भनेको शरीरको कोलेस्टोरलाई कम राख्नु पनि हो । यसका साथै यसले व्यक्तिको रक्तचापलाई नियन्त्रणमा राख्दै मुटुलाई समेत स्वस्थ्य राख्छ ।

हाडजोर्नीलाई मजबुत राख्नु

दहीमा उपलब्ध क्याल्सियम तथा फोसफोरसले हाडको विकासमा मद्दत पुर्‍याउँनुका साथै व्यक्तिमा देखिने ओस्टियोपोरोसिस तथा आर्थराईटिसको जोखिमलाई समेत कम गराउँछ । यस्तै, यसलाई साना बालबालिकाका लागि हाडजोर्नी मजबुत तथा विकास गराउने सबैभन्दा उपयुक्त खाद्य पदार्थको रुपमा पनि लिइन्छ ।

तौल घटाउनमा मद्दत

के तपाईलाई थाहा छ? दुई कप दहीको सेवनले तपाईको शरीरमा भएका अनावश्यक फ्याटलाई घटाउन सकिन्छ । यसमा पाइने क्याल्सियमले कोर्टिसोललाई एकत्रित हुनबाट रोकि मोटोपनबाट टाढा राख्छ ।

उच्च रक्तचापको उचित नियन्त्रण

दहीको अर्काे गुण भनेको हाइपर टेन्सनलाई कम गराउनु पनि हो । यसले रक्तचापलार्य नियन्त्रणमा राख्दै पोटाशियम र माग्नेशियमको माध्यमबाट शरीर स्वस्थ राख्दछ ।

योनि संक्रमणको जोखिम कम गराउनु

दहीमा हाइड्रोजन परोक्साइड उत्पादनको क्षमता हुन्छ । जसले योनिमा हुने विभिन्न संक्रमणको जोखिमलाई कम गराउँछ । यसकारण पनि दहीको सेवन महिलाको यौनस्वासथ्यको लागि उचित मानिन्छ ।

छालामा चमक

दैनिक दहीको सेवनले स्वस्थ्य जीवनशैलीलाई व्यवस्थित गर्नुका साथै व्यक्तिको छालामा पनि चमक पैदा गर्न मद्दत गर्छ । यसमा पाइने मिनरल्स, जिंक, फोसफोरस तथा भिटामिन इ ले पनि छालालाई चम्किलो बनाउँदै छालामा भएका दागहरुलाई टाढा राख्छ ।

एजेन्सी ।