काठमाडौँ– केहि दिनयता सामाजिक सञ्जालमा एउटा भिडियो निकै नै भाइरल भएको छ । भिडियोमा दुई व्यक्ति मिलेर एउटा खम्बामा बाँधिएको कुकुरलाई फलाम वा काठजस्तो देखिने केहि हतियारले हिर्काउँदै गरेको प्रष्ट देख्न सकिन्थ्यो ।


ADVERTISEMENT


यसरी दुई व्यक्तिको चरम कुटाईबाट ग्रस्त भएको कुकुरले आफुलाई बचाउन चाहेपनि बाँधिएको कारण भाग्न सक्दैन र अन्ततः कुकुरको त्यहि मृत्यु हुन्छ ।


ADVERTISEMENT

# # #


यो घटना अन्य देशको नभई कुकुरलाई भगवानको स्वरुप मानेर पुजा गर्ने हाम्रै देशको बनेपास्थित कठित घटना हो ।

चैत्त १८ गते भएको भनिएको सो घटना एक विद्यार्थीले मोबाइलमा कैद गरेर इन्स्टाग्राममा राखेपछि तुरुन्तै भाइरल भएको थियो । सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियो देखेपछि जनावरप्रेमीहरु त्यस दुई व्यक्तिको उक्त निर्मम गतिविधिविरुद्व उर्लिएका छन् । यस्तै केहि समूहले त्यसरी दुस्साहसपूर्व जनावरको हत्या गर्नेलाई कारवाहि हुनुपर्छ भन्दै उजुरी नै दिएपछि सो भिडियो सम्बन्धि आवश्यक अनुसन्धान प्रकृयालाई अघि बढाएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।

प्राप्त जानकारी अनुसार, आफ्ना ८ वर्षीय बालकलाई टोकेकाले उनका आफन्तले अन्य दुई अन्जान व्यक्तिलाई बोलाई सो कुकुरको हत्या गर्न लगाइएको हो ।

नेपालको कानुनी व्यवस्थाअनुसार, कुकुर मार्ने व्यक्तिलाई अभियुक्त स्वरुप ५ हजार जरिवाना र १ महिना कारागार सजाय तोकिएको छ ।