काठमाडौँ– नेपाल सरकारले ४०–५९ वर्षको उमेर समूहलाई ‘भेरोसेल’ खोपको वितरण आजदेखि गर्ने भएको छ ।


ADVERTISEMENT


सोमबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि प्राथमिकतामा परेका समूहलाई वैशाख ५ गतेसम्म कोभिड विरुद्वको ‘भेरोसेल’ खोप वितरण गर्ने जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


मन्त्रालयको अनुसार, हिजो बसेको सचिव स्तरीय बैठकले आल सञ्चालित खोप अभियान अन्र्तगत ४० देखि ५९ वर्षको उमेर समूहलाई खोप वितरण गर्ने निर्णय गरेको हो । यस्तै, यस खोप तत्कालका लागि सार्वजनिक यातायातका चालक तथा सहचालकलाई समेत प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

चैत २९ गतेसम्ममा ३१ हजार व्यक्तिले लगाइसकेको उक्त भेरोसेल खोपको ८ डोज नेपालले गत चैत्र १६ गतेका चीन सरकारका तर्फबाट अनुदानस्वरुप प्राप्त गरेको थियो ।