ललितपुर – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर १० र २१ गते हुन लागेको केन्द्रीय र प्रदेशसभाको निर्वाचनमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् ।


ADVERTISEMENT


नेपाल संवत् ११३८ समारोह समितिद्वारा यहाँ आज आयोजित सांस्कृतिक र्यालीको उद्घाटन गर्दै उनले मंसिरमा हुने दुवै निर्वाचनले संविधान पूर्णरुपमा कार्यान्वयनमा आउने बताए।


ADVERTISEMENT

# # #


उनले नेपाल संवत्लाई राष्ट्रिय संवत्का रुपमा राज्यले मान्यता दिइसकेकाले नेवार समुदायमा मात्र सीमित नभएर सबैले मनाउनुपर्ने बताए ।

समितिका अध्यक्ष एवं श्रेष्ठ समाजका महासचिव सुवर्णमान अमात्यले नेपाल संवत्लाई राष्ट्रियरुपमा मनाउनुपर्नेमा जोड दिए।

सो अवसरमा प्रधानमन्त्री देउवाले सिकर्मी समाजद्वारा प्रकाशित क्यालेन्डरको विमोचन पनि गरे । उनले नेपाल सम्बतका प्रणेता शंखधर साख्वाको मूर्तिमा माल्यार्पण पनि गरे ।

सांस्कृतिक ¥याली पाटन दरबार, मंगलबजारबाट शुरु भएर पाटनकै सुन्धारा, वकुबहाल, पूर्णचण्डी, पुल्चोक, कुम्भेश्वर भएर मंगलबजारमा आएर समापन भएको थियो ।