काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा यही शनिबारदेखि काठमाडौँमा हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजका लागि नेदरल्याण्ड र मेलेसियाको राष्ट्रिय टोली काठमाडौँ आइपुगेको छ ।


ADVERTISEMENT


नेदरल्याण्डको टोली सोमबार बिहान १० बजे आइपुगेको हो भने मलेसियन टोली मध्यान्ह आइपुगेको हो । नेपाल आएसँगै दुवै टोली एयरपोर्टबाट सिधै होटेल पुगेका छन् । उनीहरुको भोलि पीसीआर परीक्षण गरिनेछ । त्यसपश्चात दुबै टोलीले मुलपानीस्थित मैदानमा एक दिन अभ्यास गर्ने कार्यक्रम रहेको छ ।


ADVERTISEMENT

# # #


क्यानले सार्वजनिक गरेको तालिका अनुसार पहिलो खेल आयोजक टोली नेपाल र नेदरल्याण्डबीच दिउँसो २ः१५ बजेदेखि सुरु हुनेछ । १७ अप्रिलदेखि सुरु हुने प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।

डबल राउन्ड रोबिनमा खेलिने प्रतियोगिताको उत्कृष्ट दुई टिमले २४ अप्रिलमा फाइनलमा खेल्नेछन् ।

प्रतियोगिताको तयारी स्वरुप बन्द प्रशिक्षणका लागि क्यानले २० सदस्यी टोली नेपाली घोषणा गरेको छ । बन्द प्रशिक्षणको प्रदर्शनका आधारमा अन्तिम टोली घोषणा गरिनेछ ।

खेल तालिका
वैशाख ४ गते शनिबार (१७ अप्रिल) नेपाल विरुद्ध नेदरल्याण्ड दिउँसो २ः१५ देखि
वैशाख ५ गते आइतबार (१८ अप्रिल) नेदरल्याण्ड विरुद्ध मलेसिया दिउँसो १२ः१५ देखि
वैशाख ६ गते सोमबार (१९ अप्रिल) नेपाल विरुद्ध मलेसिया दिउँसो २ः१५ देखि
वैशाख ७ गते मंगलबार (२० अप्रिल) नेदरल्याण्ड विरुद्ध नेपाल दिउँसो २ः१५ देखि
वैशाख ८ गते बुधबार (२१ अप्रिल) मलेसिया विरुद्ध नेदरल्याण्ड दिउँसो १२ः१५ देखि
वैशाख ९ गते बिहीबार (२२ अप्रिल) मलेसिया विरुद्ध नेपाल दिउँसो २ः१५ देखि
वैशाख १० गते शुक्रबार (२३ अप्रिल) रेस्ट डे
वैशाख ११ गते शनिबार (२४ अप्रिल) फाइनल

बन्द प्रशिक्षणका लागि बोलाइएको नेपाली टोली

ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आरिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमल सिंह ऐरी, सुसन भारी, साहब आलाम, सन्दीप जोरा, विक्रम सोब, पवन सर्राफ र ललित नारायण राजवंशी ।

नेदरल्याण्डको टोली
पिटर सिलर (कप्तान), टोवियस विसे, म्याक्स उड, वेन कूपर, वास डि लीड, विक्रमजित सिंह, स्कट इड्वार्डस्, फिलिप बोइसेवेइन, पउल भान मीकेरिन, भिभियन किग्मा, आर्यन दुत्त, सेवास्टियन ब्राट, टोनी स्टाल र जुलियन डी मे ।

मलेसियन टोली
अहमत फेज (कप्तान), विरन्दीप सिंह (उपकप्तान), शेयद अजिज, सर्विन अल मुनाइडी, मोहम्मद अनवर विन अरुद्धिन, मोहम्मद सिफकि विन सरिफ, ऐनूल हाफिज, अमिनुद्धिन राम्लि, मोहम्मद अनवर वि ए रहमान, स्याज्रुल इद्रुस, मोहम्मद अफिक जर्वानी, पवनदीप सिंह, मोहम्मद पित्री शाम, खिजार हायात र धिवेन्द्रन मोगान ।