काठमाडौँ – यही शनिबारदेखि काठमाडौँमा सुरु हुने नेपाल, नेदरल्याण्ड र मलेसियाबीचको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।


ADVERTISEMENT


क्यानले बुधबार कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय टोलि घोषणा भएको छ । टोलीमा कुशल भुर्तेल, आशिफ शेख र साहब आलमले पहिलो पटक टिममा मौका पाएका छन् ।


ADVERTISEMENT

# # #


नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, साहब आलम, कमल सिंह ऐरी र सुसन भारी ।

१७ अप्रिलदेखि सुरु हुने प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । क्यानले सार्वजनिक गरेको तालिका अनुसार पहिलो खेल आयोजक टोली नेपाल र नेदरल्याण्डबीच दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ ।

डबल राउन्ड रोबिनमा खेलिने प्रतियोगिताको उत्कृष्ट दुई टिमले २४ अप्रिलमा फाइनलमा खेल्नेछन् ।

प्रतियोगिताको तयारी स्वरुप बन्द प्रशिक्षणका लागि क्यानले २० सदस्यी टोली नेपाली घोषणा गरेको छ । बन्द प्रशिक्षणको प्रदर्शनका आधारमा अन्तिम टोली घोषणा गरिनेछ ।

सिरिजका लागि नेदरल्याण्ड र मलेसियाको टोली हिजै नेपाल आइसकेको छ ।

खेल तालिका
वैशाख ४ गते शनिबार (१७ अप्रिल) नेपाल विरुद्ध नेदरल्याण्ड दिउँसो १:१५ देखि
वैशाख ५ गते आइतबार (१८ अप्रिल) नेदरल्याण्ड विरुद्ध मलेसिया दिउँसो १२ः१५ देखि
वैशाख ६ गते सोमबार (१९ अप्रिल) नेपाल विरुद्ध मलेसिया दिउँसो १:१५ देखि
वैशाख ७ गते मंगलबार (२० अप्रिल) नेदरल्याण्ड विरुद्ध नेपाल दिउँसो १:१५ देखि
वैशाख ८ गते बुधबार (२१ अप्रिल) मलेसिया विरुद्ध नेदरल्याण्ड दिउँसो १२ः१५ देखि
वैशाख ९ गते बिहीबार (२२ अप्रिल) मलेसिया विरुद्ध नेपाल दिउँसो १:१५ देखि
वैशाख १० गते शुक्रबार (२३ अप्रिल) रेस्ट डे
वैशाख ११ गते शनिबार (२४ अप्रिल) फाइनल दिउँसो १:१५ देखि

नेदरल्याण्डको टोली
पिटर सिलर (कप्तान), टोवियस विसे, म्याक्स उड, वेन कूपर, वास डि लीड, विक्रमजित सिंह, स्कट इड्वार्डस्, फिलिप बोइसेवेइन, पउल भान मीकेरिन, भिभियन किग्मा, आर्यन दुत्त, सेवास्टियन ब्राट, टोनी स्टाल र जुलियन डी मे ।

मलेसियन टोली
अहमत फेज (कप्तान), विरन्दीप सिंह (उपकप्तान), शेयद अजिज, सर्विन अल मुनाइडी, मोहम्मद अनवर विन अरुद्धिन, मोहम्मद सिफकि विन सरिफ, ऐनूल हाफिज, अमिनुद्धिन राम्लि, मोहम्मद अनवर वि ए रहमान, स्याज्रुल इद्रुस, मोहम्मद अफिक जर्वानी, पवनदीप सिंह, मोहम्मद पित्री शाम, खिजार हायात र धिवेन्द्रन मोगान ।