पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आज काँग्रेस, माओवादी र जनमोर्चाले अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरेपछि प्रदेश सभाको चालू अधिवेशन अन्त्य गरिदिएका छन् ।


ADVERTISEMENT


उनको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधवार मध्यराति १२ बजेदेखि नै लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।


ADVERTISEMENT

# # #


अधिवेशन अन्त्यसम्बन्धी सूचना संसद्मा बिहीवार बिहाना साढे १० बजे मात्र आइपुगेको प्रदेश सभाका सचिव हरिराज पोखरेलले जानकारी दिए ।