काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय नजान तथा बढी भिडभाड हुने स्थानमा सहभागी नहुन सर्वसाधारणलाई अपिल गरेको छ ।


ADVERTISEMENT


पछिल्लो समय अत्याधिक फरकपन सहित कोरोना संक्रमण बढेको भन्दै १४ वटा जिल्लालाई अति प्रभावित जिल्लाका रुपमा वर्गीकरण गरेको मन्त्रालयले ती जिल्लामा भीडभाड नगर्न आग्रह गरेको हो ।काठमाडौँ, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई अतिप्रभावित जिल्लाका रुपमा वर्गाीकरण गरिएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले बिहीबार एक अपिल जारी गर्दै जनस्वास्थ्यका मापदण्डहरु कडाईका साथ पालना गर्न आग्रह गरेका छन् ।

अति प्रभावितका रुपमा वर्गीकरण गरेका १४ वटा जिल्लामा बढी भिडभाड हुने सबै क्षेत्र तथा सेवाहरुमा सहभागी नहुन र विद्यालय, खेलकुद, सार्वजनिक पूजाआजा र जात्राहरुमा नजान समेत मन्त्रालयले आग्रह गरेको छ ।

यस्तै मन्त्रालयले अस्पतालहरुलाई पिवर क्लिनिक सञ्चालन गर्न तथा यस्तै कोरोना परीक्षणका लागि नमूना संकलन र परीक्षण गर्न निर्देशन दिएको छ ।