काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा भरपर्दा ब्याट्सम्यान पारस खड्काले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज गुमाउने भएका छन् । उनले ोलिदेखि काठमाडौँमा सुरु हुने नेपाल, नेदरल्याण्ड र मलेसियाबीचको सिरिज गुमाउने भएका हन् ।


ADVERTISEMENT


गत आइतबार कुममा लागेको चोटका कारण उनले सिरिज नखेल्ने भएका छन् । प्रक्षिणका क्रममा क्याच लिन खोज्दा लडेर उनी घाइते भएका थिए । डाक्टरको सल्लाह अनुसार आफूले २–३ हप्ता आराम गर्नुपर्ने र थेरापी गर्नुपर्ने सल्लाह दिएका कारणले आफूले सिरिज खेल्न नसक्ने पारसले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


उनले आफूले सिरिज गुमाए पनि नेपालले जित्नेमा विश्वस्त रहेको बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सुरु हुने टी–२० सिरिज अन्तगर्त शनिबार पहिलो खेल नेपाल र नेदरल्याण्डबीच काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।

Having bumped my right shoulder while attempting to take a catch last sunday during a practice game,it aggravated my…

Posted by Paras Khadka on Friday, April 16, 2021