सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत पाएका छन् । शुक्रबार प्रदेश सभाको सातौ अधिवेशनको पहिलो बैठकमा विश्वासको मत मागेका मुख्यमन्त्री शाहीको पक्षमा बुहमत सांसद संख्याले समर्थन गरेका हुन् ।


ADVERTISEMENT


आजको मतदानमा ३७ जनाको उपस्थिति रहेको थियो । जसमध्ये मुख्यमन्त्री शाहीले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा २२ मत परेको हो । उनलाई माओवादी केन्द्रसहित नेपाली कांग्रेसका सांसदले समर्थन गरेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै उनको विपक्षमा १५ मत परेको छ । नेकपा एमालेले उनको विपक्षमा मतदान गरेको छ ।

सभामुख राज बहादुर शाहीले मुख्यमन्त्री शाहीको पक्षमा खसेको मत प्रदेशसभामा तत्काल कायम रहेको सदस्य संंख्याको बहुमत भएकाले उनको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन् । बहुमतको समर्थन पाएसँगै कर्णाली प्रदेश सरकार ढल्नबाट जोगिएको छ ।