काठमाडौँ – प्रभु बैंकले विशेष अदालत काठमाडौँमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


शुक्रबार बिहान उक्त काउन्टरको विशेष अदालत परिसरमा विशेष अदालत काठमाण्डौँका न्यायाधीश प्रेमराज कार्कीले उद्घाटन गरेका हुन् । उद्घाटनसँगै एक्स्टेन्सन काउण्टरमा आजैदेखि कारोबार सुरु भएको छ ।


ADVERTISEMENT

# # #


नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले बिशेष अदालत काठमाण्डौंमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित विशेष अदालतमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र विशेष अदालतको काम गर्न सहज र सरल हुने भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा एटीएम, ५९ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।