काठमाडौं – सीताराम पदमकुमारी फाउन्डेसनको प्रथम साधारणसभा सम्पन्न भएको छ ।


ADVERTISEMENT


एसएसपी भीमप्रसाद ढकाल, एनआरएन भैरव ढकाल र एसपी प्रभु ढकालका पिता स्वर्गीय सीताराम ढकाल र माता पदमकुमारी ढकालको नाममा गत फागुन ४ गते स्थापना भएको फाउन्डेसनले शनिबार एक कार्यक्रमका बीच आफ्नो रफ्तारलाई अघि बढाएको हो । स्वर्गीय ढकालका छोरीहरु तुलसा गौतम र सञ्जु घिमिरे रहेका छन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा पूर्वमन्त्री, पूर्व प्रदेशसभा प्रमुख एवं समाजसेवी अनुराधा कोईरालाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा पूर्वमन्त्रीद्वय टंक ढकाल र शंकर प्रसाद कोइराला, अतिथिहरुमा सचिव ईश्वर नेपाल, पूर्वसचिव चन्द्रकुमार घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

फाउन्डेसनको पहिलो साधारणसभाले ९ सदस्यीय कार्यसमिति समेत सर्बसम्मत निर्बाचित गरेको छ ।

फाउन्डेसनको कार्यसमितिमा विश्वमणी गौतम अध्यक्ष, बिन्दु अधिकारी उपाध्यक्ष, राजेन्द्र प्रसाद ढकाल सचिव, रञ्जना उप्रेती कोषाध्यक्ष रहेका छन् । सदस्यहरुमा हरेराम ढकाल, रम्बा ढकाल, टँक आचार्य, सन्तोष ढकाल, प्रेमकला डाँगी रहेका छन् । संस्थालाई गतिशिलता प्रदान गर्न ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकार समितिमा पूर्वमन्त्रीद्वय टंकप्रसाद ढकाल र शँकरप्रसाद कोईराला, पूर्वसचिव चन्द्रकुमार घिमिरे, उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, भोजपुर ढकाल समाजका काठमाडौंका संस्थापक अध्यक्ष एवं पूर्व प्रशासक शालिकराम ढकाल, पूर्व गोर्खाज सुवाष राई, व्यवसायी वाईवी राई रहेका छन् ।

यस्तै, फाउन्डेसनका विभिन्न समन्वय समितिहरु समेत गठन गरिएको छ । सो अनुसार स्वास्थ्य समन्वय समितिमा डा. लोचन कार्की, शिक्षा समन्वय समितिमा नवराज पाण्डे, अर्थ समन्वय समितिमा डिल्लिराम ढकाल, युवा समन्वय समितिमा कमल ढकाल, जेष्ठ नागरिक समन्वय समितिमा विष्णुप्रसाद ढकाल, महिला समन्वय समितिमा निरु घिमिरे, टोल सुधार समन्वय समितिमा नवराज गौतम, खेलकुद समन्वय समितिमा दुर्गाप्रसाद दुलाल, छापाखाना तथा प्रकाशन समन्वय समितिमा चण्डी ढकाल, जनचेतना तथा प्रशिक्षण समन्वय समितिमा राजु ढकाल रहेका छन् । समारोहमा साहित्यकार बिन्दु अधिकारी ‘ढकाल’ले पिता स्वर्गीय बालकृष्ण अधिकारीको सम्झनामा स्थापना गरेको सिर्जनशील साहित्य पुरस्कार समेत घोषणा भएको छ ।

साहित्यकार अधिकारीले आफ्ना पुस्तकहरु ‘बिन्दुहरु’ र ‘मावली दिदी’ को बिक्रीबाट आएको रकमबाट रु. दुई लाखको कोष फाउन्डेसनमा राखेर सोको व्याज रकमबाट पुरस्कार प्रदान गरिने जानकारी दिईएको छ । फाउन्डेसनले आजिबन, विशिष्ठ, संरक्षक तथा साधारण सदस्यता समेत विभिन्न व्यक्तित्वहरुलाई प्रदान गरेको छ । विशुद्ध सामाजिक सेवाको उदेश्यका साथ उदाएको फाउन्डेसनका लागि विभिन्न संस्था एवं व्यक्तित्वहरुले स्वतस्फुर्त सहयोग समेत गरेका छन् ।