काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित पूर्व माओवादीका ४ नेताको सांसद्सँगै गृहमन्त्री पद पनि गुमेको छ । बादलसहित लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको सांसदसहित मन्त्री पद गुमेको हो।


ADVERTISEMENT


नेकपा माओवादी केन्द्रले उनीहरुलाई कारवाही गर्दै पार्टीबाट निष्काशन गरेको भन्दै संघीय संसद सचिवालयमा पत्रपठाएको थियो।


ADVERTISEMENT

# # #


आइतवार ती ४ नेताको सांसद् पद रिक्त भएको सूचना सचिवालयले प्रकाशित गरेको हो । सांसद् पद गुमेसँगै उनीहरुको मन्त्री पद पनि स्वतः गुमेको हो ।

अब उनीहरुले मन्त्री संविधानअनुसार फेरि मन्त्री हुन सपथ लिनुपर्ने हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले सांसद् पद गुमेपछि उनीहरूलाई फेरि ६ महिनाका लागि मन्त्री बनाएका छन्।