गोदावरी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्काल प्रदेश सरकार परिवर्तन नहुने बताएका छन् ।


ADVERTISEMENT


नेपाल पत्रकार महासङ्घ कैलाली शाखाद्वारा आयोजित निर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा उनले केही सञ्चारमाध्यममा सरकार परिवर्तनको चर्चा आइरहे पनि त्यस विषयमा कुनै छलफल नभएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


पछिल्लो परिस्थिति जटिल बनेको जनाउँदै उनले केन्द्रको असर अहिले प्रदेशमा पनि देखिएको उल्लेख गरेका छन् । मन्त्री भट्टले कोरोना महामारी नियन्त्रणमा सङ्घीय सरकारबाट सहयोग नभएको आरोप समेत लगाएका छन् । कोरोना महामारीमा सङ्घीय सरकारले प्रदेश सरकारलाई सहयोग नगरेका कारण धेरै समस्या भएको उनको गुनासो छ ।

भारतबाट नेपाली ल्याउने, सीमामा अलपत्र परेकालाई उद्धार गर्ने, परीक्षणको दायर बढाउने, अस्पताल स्थापना र औषधिको व्यवस्थापनमा सङ्घीय सरकारबाट असहयोग भएको उनको आरोप थियो । रासस