काठमाडौँ – काठमाडौँ उपत्यकाअन्तर्गत काठमाडौँ, भक्तपुर र ललितपुरका तीनवटै प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुले विद्यालय बन्द गर्नुपर्ने निश्कर्ष निकालेका छन् ।


ADVERTISEMENT


बढ्दो कोरोनाको जोखिम नियन्त्रणका लागि विद्यालय बन्द गर्ने निश्कर्षमा पुगिएको काठमाडौँका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सचिवालय छाउनीमा बसेको सीसीएमसी बैठकमा सरकारी तथा निजी शैक्षिक संस्था बन्द गर्न तीनवटै जिल्लाका सीडीओले सुझाव दिएको उनले बताए ।

उक्त छलफलमा सीडीओहरुले होटल, रेष्टुराँ स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न सुझाव दिएका थिए ।