दार्चुला : महाकाली नगरपालिका ९ दत्तुमा आइतबार बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला सदरमुकाम खलंगाबाट मालिकार्जुनतर्फ जाँदै गरेको से १ ज ५९६ नम्बरको जीपदत्तुको सोतर्‍यौडा खोलामा दुर्घटना भएको छ । दुर्घटनामा जीप मालिक महाकाली नगरपालिका-७ काभुपेन्द्र बडूको घटनास्थलमै मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


जीपचालक सोही ठाउँका देवराम कोली गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइते कोलीलाई सशस्त्र प्रहरीको टोलीले उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याएको छ ।