काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा यथावत सञ्चालन हुने बताएको छ ।


ADVERTISEMENT


त्रिभुवन विश्वविद्यालयका परीक्षा उपनियन्त्रक डा. घनश्याम ठाकुरले चलिरहेका परीक्षा यथावत सञ्चालन हुने बताए ।


ADVERTISEMENT

# # #


‘सीसीएमसीले सिफारिस गरेको छ तर सरकार एवं हाम्रो वोर्ड बैठकले यस विषयमा केही निर्णय नगरेकाले भोलिको परीक्षा रोकिन्न,’ हिमालय पोष्टसँग कुरा गर्दै उनले भने, ‘अहिले सञ्चालन भइरहेका सबै परीक्षा यथावत रुपमै सञ्चालन हुन्छन् ।’

यही १९ गतेदेखि शुरु हुने स्नातकोत्तर तहका परीक्षा भने स्थगित गर्ने विषयमा छलफल भइरहेको जानकारी उनले दिए ।

आज कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सोमवारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेपछि भोलिको परीक्षा के हुने भन्ने अन्यौल उत्पन्न भएको थियो ।