काठमाडौं । राजनीतिक उतारचढाबका बीच सत्तारुढ नेकपा एमाले भित्रको चरम बिवाद मिलाउने पछिल्ला प्रयासहरुमा एउटा नाम अनि अनुहार अग्ररुपमा देखियो – प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोति दुगड ।


ADVERTISEMENT


सर्बोच्च अदालतको फैसला पछि नेपाल कम्युनिष्ट पार्टीबाट एकाएक नेकपा एमाले र माओबादी केन्द्रका रुपमा पुरानै हैसियतमा दुई पार्टीहरु पुगेपनि नेताहरुबीचको टकराबको भने समाधान भएन । यसै घटनाक्रममा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र नेता माधबकुमार नेपालबीचको समानान्तर शक्ति संघर्षको चपेटामा परेको एमाले भित्रको रडाकोले पार्टी, नेता, कार्यकर्ताहरुलाई मात्रै होईन सिँगो देश र जनतालाई नै अस्तब्यस्त बनाईरहेको बेला समस्या समाधानका लागि भन्दै पटक पटक शीर्ष नेताहरु बीच बार्ताका लागि एक ठाउँमा बस्ने माहोल पनि देखियो । सोही पृष्ठभूमिको धपेडीमा छन् पूर्वमन्त्री समेत रहेका दुगड ।


ADVERTISEMENT

# # #


लामो ईतिहाँस बोकेको पार्टी र लामो समय एउटै नाम र झण्डाभित्रको घरमा बसेर राजनीति गरेका नेताहरुबीच पारपाचुकेको अबस्था आएको बिश्लेषण भईरहँदा मडारिएको कालो बादलका बीच पनि चाँदीको घेरा खोज्ने प्रयास स्वरुप ओली र नेपाललाई एक ठाउँमा राख्नका लागि राजधानीको होटल मेरियट बैठकको प्रबन्ध गरियो । सो प्रयासका व्यवस्थापक थिए व्यबशायिक पृष्ठभूमिका नेता दुगड ।

“मलाई यो पार्टी बलियो रुपमा एकताबद्ध भएर अघि बढोस्, कुनैपनि हालतमा फुटको दुर्घटनाबाट बँचोस् भन्ने मनै देखिको ईच्छा छ” हिमालय पोष्टसँग दुगडले भने “त्यसैका लागि आफ्नो ठाउँबाट गर्नसक्ने कर्तब्य पुरा गर्ने प्रयास गरेको छु, म भन्छु यसबाट देशको स्थायित्व र विकास समृद्धिमा जनताको मनोकाँक्षाको समेत सँबोधन हुनेछ ।”

नेता दुगडले आँफु व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएको बताउँदै अब पैसाका लागि भन्दा पनि देश र जनताका लागि कर्म गर्ने उत्कट ईच्छाशक्तिका साथ अघि बढेको समेत बताएका छन् । त्यसैका लागि एकताबद्ध पार्टी, स्थायित्व सहितको राजनीति र बलियो ब्यवस्थाका लागि आँफुले भूमिका खेलिरहेको उनको भनाई छ ।

नेता दुगढले एमाले पार्टी भित्र धेरै ठूलो समस्या समेत नरहेको बताउँदै आईरहेका छन् । दुई शीर्ष नेताहरुले पार्टीको लामो बिराशत, नेताद्वयबीचको लामो सहकार्य, देशको अवस्था, नेता कार्यकर्ताहरुको चाहना, जनताको आकाँक्षा र देशको आवश्यकतालाई मात्रै आत्मसाथ गरेर निर्णय गर्ने हो भने समस्याको निकास निस्कने उनको भनाई छ ।

“उहाँ शीर्ष नेताहरु आफैंमा जिम्मेवार अनि देशको अबिभावकत्व बोध गरिरहनु भएको नेतृत्व हुनुहुन्छ, अब देश, जनता, पार्टी र कार्यकर्ताहरुको मर्ममा गम्भिर र सँबेदनशील बन्दै एकठाउँमा बसेर सकारात्मक निकासको पक्षमा निर्णय लिनुहुनेछ भन्ने बिश्वास लिएको छु ।” प्रधानमन्त्रीका आर्थिक सल्लाहकार दुगडले भने “त्यसैका लागि नै म प्रयत्नशील छु ।”

विकास र समृद्धि तर्फ देशको ट्र्याक र सुखी अनि खुसी हुने जनताको आशा बिथोलिन नदिनका लागि राजनीतिज्ञ लगायत सचेत सबै पक्षहरु लाग्नुपर्ने बताउँदै आँफुले समेत अबको समय राजनीतिका माध्यमले सो महत्वकाँक्षा पुरा गर्नका लागि अनवरत लागि पर्ने नेता दुगडको प्रतिबद्धता छ ।