काठमाडौँ – काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने तयारी गरिएको छ ।


ADVERTISEMENT


सोमबार बिहान काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासनबीच भएको छलफलपछि आगामी एकदुई दिनभित्रदेखि नै लागू हुने गरी कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले बन्दको निर्णय गर्दा सर्वसाधारणलाई घर फर्कनका लागि समय दिइने र निर्णय भने एकदुईदिनपछि मात्र लागू हुन सक्ने बताए । ‘आज बिहान बिहान काठमाडौँ, भक्तपुर र ललितपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर अब यो यो गर्नुपर्छ भनेर प्रारम्भिक ड्राफ्ट तयार गरेका छौँ ।’ उनले भने, ‘जनतालाई के गरेमा सहज हुन्छ भन्नेमा हामी छलफलमै छौँ । निर्णय भइसकेको छैन, ड्राफ्टलाई सुधार गरेर आज बेलुकासम्म निर्णय गर्छौँं ।’

उनले कोरोना संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा कडाई गर्न लागिएको बताए । त्यस्तै नागरिकलाई सहज होस भनेर केहि क्षेत्र भने खुल्ला गर्न सकिने प्रजिअ पराजुलीले बताए । उनले कोरोना नियन्त्रण र रोकथामका लागि अनुगमन र माइकिङ लगायतलाई तीव्रता दिए पनि त्यसले पनि नपुग्ने भएकाले कडाई गर्न लागिएको उल्लेख गरे ।

कडाईका क्रममा दैनिक उपभोग्य वस्तु विक्री गर्ने पसललाई भने सहज होस् भनेर समय तोकिने पनि जनाइएको छ ।