पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ ।


ADVERTISEMENT


आइतबार गण्डकी प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन् । प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गरे ।


ADVERTISEMENT

# # #


उनले प्रधानमनत्रीले प्रतिनिधिसभा विघटनजस्तो असंवैधानिक कदम चाल्दा मुख्यमन्त्रीले साथ दिएर अलोकतान्त्रिक काम गरेकाले अविश्वासको प्रस्ताव पेश गर्नु परेको बताए ।

संविधानको धारा १ सय ८८ मा प्रधानमन्त्री वा मुख्यमन्त्रीले प्रतिनिधित्व गरेको दल विभाजित भएमा विश्वासको मत लिनुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि मुख्यमन्त्रीले त्यसो नगरेकाले यो असंवैधानिक सरकार भएको नेपालीले दाबी गरे । सत्ता साझेदार दलले समर्थन फिर्ता लिइरहँदा पनि मुख्यमन्त्री कुर्चीमै रहनु गलत भएको उनको भनाइ थियो ।

उनले भने, ‘अविश्वासको प्रस्ताव पेश भएपछि त्यसको फेस गर्नुको साटो उहाँले जसरी संसद अधिवेशन अन्त्य गरिदिनुभयो, यो, असंवैधानिक, राजनीतिक रुपमा संसदीय मूल्य र मान्यताको विपरितको कदम हो र छ ।’

गण्डकीमा माओवादीका १२ सांसदमध्ये १ जना सभामुख छन् । कांग्रेसका १५, जनमोर्चाका ३ र जसपाका २ जना सांसद छन् । जनमोर्चाका ३ सांसदले पनि मुख्यमन्त्रीविरुद्ध मतदान गर्ने कांग्रेस संसदीय दलका नेता नेपालीले बताए । गण्डकीमा नयाँ सरकार बनाउन ३१ मत चाहिन्छ । जनमोर्चाले साथ दिए गण्डकीमा कांग्रेस सरकार बन्न सक्नेछ ।