काठमाडौँ – नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीचको सम्झौताको धागो एमसीसीनेर आएर गाँठो परेको छ । सत्ता गठबन्धनका लागि दुई दलबीच लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारविरुद्ध अविश्वास प्रस्ताव पेश गरी नयाँ सरकार निर्माण गर्ने छलफल भइरहेको छ ।


ADVERTISEMENT


आधिकारिक रुपमा माओवादी र एमाले छुट्टिनसकेको बताउँदै आएका काँग्रेस सभापति देउवाले गठबन्धनका लागि एमसीसीको विषय अघि सारेका छन् । उनले एमसीसी अनुमोदनको ‘ग्यारेन्टी’ नभएसम्म अविश्वास प्रस्तावमा अघि नबढ्ने अडान राखेका हुन् ।


ADVERTISEMENT

# # #


दुई दलबीच सत्ता गठनपछि एमसीसीलाई अनुमोदनका लागि अघि बढाउने सहमति जुटेको छ । देउवाले आफ्नो नेतृत्वको सरकार बनेपछि एमसीसी अघि बढाउनुपर्ने प्रस्ताव राखेकोमा काँग्रेस–माओवादीबीच सरकार गठनपछि एमसीसी संकल्प प्रस्ताव पास गर्ने गरी सहमतिको खाका तयार भएको माओवादी केन्द्रका एक वरिष्ठ नेताले जानकारी दिए ।

देउवा नेतृत्वको सरकारमा नेपालका तर्फबाट एमसीसी सम्झौतामा हस्ताक्षर भएकोमा ओली नेतृत्वको सरकारमा नेकपाको एक पक्षले एमसीसी पास गर्न नहुने भन्दै चर्को विरोध गरेका कारण विगत दुई वर्षदेखि एमसीसी सम्झौताको प्रस्ताव संसद्मा दर्ता भएर रोकिएको छ ।