काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कवि फुयाँल नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको बैठकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत फुयाँललाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।


ADVERTISEMENT

# #


कम्पनीका अनुसार फुयाँललाई दिइएको उक्त जिम्मेवारी असोज २६ गतेदेखि लागू भएको छ। फुयाँलले कार्यवाहक सीईओको जिम्मेवारी सम्हालेसँगै अब कम्पनीको व्यवस्थापकीय नेतृत्व गर्नेछन्।