वाग्मति– कोभिड–१९ तीव्र गतिमा फैलिरहेका अवस्थामा सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि प्रहरी प्रशासनले काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेको छ ।


ADVERTISEMENT


कडाईका क्रममा अरनिको राजमार्ग हुँदै काठमाडौंँ प्रवेश गर्ने नाका काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना साँगामा उपत्यका प्रवेश गर्न खोज्ने सवारी साधन बिहानैदेखि प्रहरीले जाँच गर्दै फकाईरहेको छ ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जिल्लाभित्र सबै प्रकारका सवारी साधन चले पनि उपत्यका प्रवेश गर्ने साँगा नाकामा सवारी साधनमा प्रहरी जाँच कडाइ गरिएको बताए । ‘हामीले उपत्यका प्रवेश गर्ने सवारीसाधनमा अत्यावश्यकबाहेक कुनै पनि सवारी साधन प्रवेश गर्न दिएका छैनौंँ’, उनले भने, ‘हिजो यात्रुहरु लिएर गाउँ गएका गाडीहरु फर्किरहेकामा चालक र सहचालक भएकालाई मात्रै प्रवेश गर्न दिएका छौं ।’

साँगा भएर बुधबार यात्रु लिई गाउँ गएका सवारी साधन उपत्यका प्रवेश गर्नका लागि साँगा नाकामा पुग्ने गरेका छन् । त्यसरी गएका सवारी साधनलाई फर्काइएको प्रहरीले जनाएको छ । रासस