पहिलो चरण अन्तरगत मंसिर १० गते हुने निर्वाचनमा अहिले धेरै मानिसको ध्यान गोरखा क्षेत्र नम्बर २ तर्फ खिचिएको छ । नखिचियोस् पनि किन रु यो क्षेत्रमा नयाँशक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराई र माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ चुनावी भिडन्तमा उत्रिएका छन् ।


ADVERTISEMENT


एउटै जिल्लाका बासिन्दा एवं माओवादी पार्टीमा शीर्षतहमा बसेका काम गरेका डा। भट्टराई र श्रेष्ठ दुबैजना वाम आन्दोलनका हस्ती एवं केन्द्रीय राजीनितिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने नेताहरु हुन् । तर, अब निश्चित छ आगामी चुनावमा यी दुईमध्ये एकजना प्रतिनिधिसभामा आउन अयोग्य ठहरिने छन् ।


ADVERTISEMENT

# # #


गोरखा २ मा ‘हेवी वेट’ नेताहरु डा। भट्टराई र श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएकाले धेरै मानिसहरुको ध्यान यस निर्वाचन क्षेत्रमा खिचिएको छ । कतिपय मानिसहरुले यी दुबै नेताहरु आगामी संसदमा चाहिने भएकाले एकै टाउँमा नभिडे हुन्थ्यो भन्ने पनि सोचेका थिए । तर, त्यो ईच्छाविपरीत श्रेष्ठ र भट्टराई एकले अर्कालाई हराउने अभियानमा लागेका छन् ।

दुई नम्बर क्षेत्रअन्तरगत पालुङटारका बाबुराम र जौवारीका नारायणकाजी बीचको बहुप्रतिक्षित भिडन्तलाई दुवै पार्टीले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।

गोरखा-२ मा डा। बाबुराम भट्टराईलाई समर्थन गर्न माओवादी केन्द्रले नमानेपछि बाम गठबन्धनमा बाहिरिएर उनी कांग्रेससँग सहकार्य गरी प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका हुन् । यसबापत क्षेत्र नम्बर १ र चारवटै प्रदेशमा नयाँ शक्तिले नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्नेछ ।