काठमाडौँ – लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूले राजीखुसी नेकपा माओवादी केन्द्र रोजेको बताएकी छन् ।


ADVERTISEMENT


आइतबार पत्रकार सम्मेलन गर्दै विमलाले आफ्नो इच्छाले नै माओवादी केन्द्र रोजेको बताएकी हुन् । उनले आफूलाई माओवादी केन्द्रबाट बढी सहयोग मिलेको बताएकी छन् ।


ADVERTISEMENT

# # #


‘म सामान्य गृहिणी मान्छे, श्रीमानको मृत्युपछि राजनीतिमा आएँ । पहिले नेकपा एउटै थियो ।’ उनले भनिन्, ‘माओवादी र एमाले भनेर पछि चिन्दै जाँदा माओवादीहरूले मलाई बढी सपोर्ट गरेको हुनाले आफूखुशी, मेरो इच्छाले नै मैले यो दल रोजेको हो ।’

उनी पति उत्तरकुमार वलीको दुर्घटनामा परेर निधन भएपछि उप निर्वाचनमा नेकपाबाट प्रदेशसभामा विजयी भएकी थिइन् । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपाको एकतालाई अस्वीकार गर्दै एमाले माओवादी केन्द्र ब्यूताए पनि उनले कुन पार्टीमा जाने भनेर निर्णय गरिसकेकी थिइनन् ।

आज उनले आफूले स्वेच्छाले नै माओवादी केन्द्र रोजेको बताएकी हुन् ।

भिडियो हेर्नुहोस् :