काठमाडौँ– बीमा क्षेत्रअन्र्तगत प्रथम महिला प्रमुख कार्यकारी अधिकृत(सीईओ)को रुपमा उपासना पौडेल नियुक्त भएकी छिन् ।


ADVERTISEMENT


कम्पनीको सञ्चालक काठमाडौ समितिको प्रस्ताव अनुसार, उनलाई आज यूनाईटेड इन्स्योरेन्स कम्पनीमा सीईओको रुपमा नियुक्त गरिएको हो ।


ADVERTISEMENT

# # #


कम्पनी सञ्चालक समितिको विहीबार बसेको बैठकले सीईओको रुपमा नियुक्त गरेको पौडेल यसअघि कामु सीईओको रुपमा कार्यरत थिइन् । ३४ वर्षीय पौडेल वि.सं २०७७ मंसिर ३ गते कामु सीईओ नियुक्त भएकी थिइन् । कम्पनीको यस निर्णयसंगै उनी सीइओ पदभार सम्हाल्ने पहिलो महिला मात्रै नभई कम उमेरकी सीइओ बन्न समेत सफल भएकी छिन् ।

नवनियुक्त सीईओ पौडेलको अबको कार्यकाल युनाईटेड इन्स्योरेन्स कम्पनीमा ४ वर्षको रहनेछ ।