काठमाडौं – सञ्चारकर्मी एवं गायिका ईश्वरी बरालले ‘खानदानी छोरी’ बोलको नयाँ गीत सार्वजनिक गरेकी छिन् ।


ADVERTISEMENT


यसअघि ‘नरिसाउन होइ’ गीत गाएर चर्चामा आएकी बरालको यो संगीत क्षेत्रमा दोस्रो योगदान हो ।


ADVERTISEMENT

# # #


पछिल्लो पुस्ताको क्रेज र रुचिलाई लक्षित गर्दै आधुनिक शैलीमा गाएको सो गीतमा बरालको स्वर एवम् राजेन्द्र भट्ट (मिस्टर आरजे) को र्‍याप सुन्न सकिन्छ ।

भट्टको नै संगीत रहेको उक्त गीतको शब्द भने टुरिष्ट जङग विकले लेखेका हुन्। प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतलाई मोहित मुनालले एरेन्ज गरेका छन् । यस्तै, गीतको रेकडिक्स कमल थापा र किरण बिकले गरेका छन्, भने मिक्सिङमा श्याम स्वेत रसाइलीको मेहेनत देख्न सकिन्छ ।

चोभारको दृश्य रहेको यसै गीतको भिडियोमार्फत टिकटक स्टार जुम्ल्याहा दिदी बहिनी इक्षिता र बिक्षिता तिवारीले म्युजिक भिडियो डेब्यु मारेका छन् । यस्तै, भिडियोमा उनीहरुलाई काजी दर्शन तथा र्‍यापर भट्टको अभिनय समेत देख्न सकिन्छ।