काठमाडौँ– वरिष्ठ जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले कोरोना लाग्दैमा कुनै पनि व्यक्तिको मृत्यु निश्चित नहुने जनाएका छन् ।


ADVERTISEMENT


उनले कोरोना लाग्दैमा व्यक्तिको मृत्यु नहुने भन्दै यसका लागि मनोबल उच्च राख्न आम व्यक्तिलाई आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले संक्रमणको मृत्युदर नेपालमा १%  मात्र रहेको जनाउँदै अहिले पनि ८५% संक्रमित घरमै सामान्य उपचारले निको भएको बताएका छन् । यसका लागि पोषिलो खाना, व्यायाम, तनाव व्यवस्थापन, सकारात्मक सोंच आदि आवश्यक भएको र यसबाट हाम्रो रोगसंग लड्ने क्षमता बढ्ने उनको भनाई छ ।

उनका अनुसार, १५% लाई अस्पतालको सुविधा आवश्यक देखिएको छ, भने यसैगरि आइसीयुको आवश्यकता ५ प्रतिशत व्यक्तिलाई मात्रै  परेको छ ।

यसका साथै भारतमा देखिएको अक्सिजनको हाहाकार, मृतकको संख्या, अस्पताल तथा घाटको अवस्था देखेर आत्तिनु पर्ने अवस्था नरहेको भन्दै उनले नेपालका अस्पताल संक्रमितले भरिए पनि निको हुने क्रम बढिरहेको दाबी गरेका छन् । पुराना निको हुने तथा नयाँले त्यो ठाउँ पाउने क्रम चलिरहेको रहेको जनाउँदै उनले त्यस्तै गाह्रो भएमा कोभिड अस्पतालका फिभर क्लिनिकमा गएर छातीको एक्सरे लगायतका परीक्षण गर्न सकिने बताए ।

उनी भन्छन्, ‘उक्त परीक्षणबाट सामान्य अवस्था भएमा घरमै बसेर चिकित्सकको सल्लाह अनुसार उपचार गर्न सकिन्छ भने गम्भीर अवस्था भए अस्पतालमा ब्यबस्थापन हुन्छ ।’ यसका साथै उनले बारम्बार समाचार सुनेर तनाव नलिन समेत आग्रह गरेका छन् ।

यस विषयमा बोल्दै उनले स्पष्ट भनेका छन्, ‘समाचार हेरेर र सुनेर आत्तिनु हुँदैन । मनोबल उच्च राख्नुपर्दछ, कोरोना लाग्दैमा मृत्यु हुदैन ।’

यद्यपि व्यक्ति व्यक्तिमा रोकथामको प्रयास हुने हो भने संक्रमण घट्दै जान्रिने बताउँदै उनले परिस्थिति जतिसुकै प्रतिकुल भएपनि मनस्थिति बलियो भएमा कोरोना भाइरससंग लड्न सक्ने उल्लेख गरे ।