काठमाडौँ– सर्वोच्च अदालतले न्याय परिषद् सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनले देशले एउटा सच्चा न्यायप्रेमी व्यक्तित्वलाई गुमाएको जनाएको छ ।


ADVERTISEMENT


प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरासहित सम्पूर्ण न्यायाधीशको आज बसेको आकस्मिक बैठकले निरालाको निधनले न्यायको क्षेत्रमा क्षति पुगेको जनाएको हो ।


ADVERTISEMENT

# # #


बैठकपछि सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न पदीय जिम्मेवारी र भूमिकामा समेत रही करीब ५३ वर्ष न्याय र कानूनको क्षेत्रमा सक्रिय रुपमा क्रियाशील रहनुभएका स्व. लक्ष्मीबहादुर निराला खड्काको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तिलाई गुमाएको छ ।’

बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरी शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । पूर्व महान्यायाधिवक्तासमेत रहेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा उपचारका लागि राखिएकोमा मङ्गलबार निधन भएको थियो ।

जनकपुरमा विसं २००० माघ २ गते जन्मिएका निरालाले काठमाडौँलाई कर्मथलो बनाएका थिए । उनी कानून व्यवसायीका तर्फबाट २०७६ साल पुस २२ मा न्याय परिषद्मा नियुक्त भएका थिए । रासस