पहिलो चरण अन्तर्गत ३२ जिल्लामा मंसिर १० मा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेद्वारी दर्ता भइसकेको छ । दास्रो चरणको निर्वाचन आउन पनि करिब एक ड्ढ महिना मात्रै छ । यो अवस्थामा नेपाली कांग्रेसले कस्तो तयारी गरिरहेको छ ? जित्नका लागि चुनावी रणनीति के हुन् ? बाम गठबन्धन गरिरहेका बेला समग्रमा कास्कीमा कसको बाहुल्यता रहन्छ ? लगायतका विषयमा नेपाली कांग्रेसका तर्फबाट कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभाको लागि उम्मेद्वारका दाबेदार गुरु बरालसंग गरिएको कुराकानी


ADVERTISEMENT


स्थानीय तहको निर्वाचन पछि देशमा अहिले प्रदेश र प्रतिनिधि सभाको लागि मनोनयन दर्ता भइरहेको छ । समग्रमा निर्वाचनको माहोल कत्तिको तातेको छ ? बताइदिनुस् न ।


ADVERTISEMENT

# # #


स्थानीय तहको निर्वाचनले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने सुनिश्चित गराएको छ । संविधानको पूर्ण कार्यान्वयन भएको हेर्न नेपाली जनता अत्यन्त उत्सुक छन् । त्यसैले जनता यो चुनावबाट आफ्ना प्रतिनिधिहरु चुन्न निकै लालायित भएको मैले पाएको छु । चुनावी वातावरण सबैतिर बढेको छ । उत्साह सबैतिर बढेको छ । छिटो संविधान कार्यान्वयन होस् भन्ने जनताको आतुरता एकदमै बढेको मैँले देखेको छु ।

अब हुने निर्वाचनका लागि कास्कीमा तीन वटा प्रतिनिधि सभाको लागि र ६ वटा प्रदेश सभाको लागि निर्वाचन क्षेत्र छुट्याइएको छ । यस क्षेत्रमा नेपाली कांग्रेसको चुनाव जित्नका लागि राजनीतिक लडाईँ वा रणनीति कुन रुपमा अगाडी बढिरहेको छ ?

हेनुस्, स्थानीय चुनावमा केही कमजोर भयौँ । २०५४ सालको स्थानीय चुनावमा तत्कालीन सरकार प्रमुख दल नेकपा एमालेले सत्ताको दुरुपयोग गर्यो र हामी देशभरी बढारिएको जस्तो अवस्था बन्यो । तर त्यसको दुई वर्ष नबित्दै ५६ सालको निर्वाचनमा हामी मलूकमा बहुमत ल्याउन सफल भयौँ । यो के भने जनताले परिवर्तन चाहेको छ । जनताले सधैँभरि एउटै पार्टीलाई भोट हाल्छ भन्ने छैन । बामपन्थी गठबन्धन अहिले जसरी देखिएको छ । यसले हामीमा उत्साह बढाएको छ । किनभने मध्यम वर्गीय मानिसहरु, शान्ति सुरक्षा चाहाने मानिसहरु, लोकतन्त्र चाहानेहरु हामीतिर फर्किने कुरामा मलाई एकदमै विश्वास छ । त्यसो भएकोले गएको स्थानीय चुनावभन्दा अहिले हाम्रो स्थिति मजबुत र फरक बन्छ र हामी कास्कीका सबै क्षेत्रमा जित्छौँ भन्ने कुरामा मलाई विश्वास छ ।

जित्नुभन्दा पहिले टिकट वितरणको कुरा आउँछ । सबै कुराको मुल्याङ्कन गर्दा नेपाली कांग्रेसले कस्तो किसिमको व्यक्तित्वलाई टिकट दिनु पर्छ ?

राजनीति भनेको विभिन्न तत्वहरुको समिश्राण पनि हो । राजनीतिमा हामी जस्ता युवाहरुको जोश र अग्रजहरुको अनुभवको समिश्रणबाट नै समृद्ध पार्टी र समृद्ध नेपाल बन्न सक्छ । त्यो भएर कास्कीको कुरा गर्दाखेरी त्यहाँका कार्यकर्ताहरु, नयाँ जोश भएका युवाहरु चाहिरहेका छन् । त्यसका लागि अनुभवले खारिएकाहरुको संरक्षण खोजिरहेका छन् । त्यसैले यो नयाँ र पूरानाहरुको समिश्रणबाट कांग्रेसले आफूलाई पुनः स्थापित गर्न सक्छ । मुलूकमा बहुमत प्राप्त गर्ने पार्टी बन्नसक्छ । मलाई लाग्छ कास्की मात्र होइन देशभरि कांग्रेस नयाँ मानिसहरुको चाहाना परिपूर्तिहुने गरी पूरानाहरुको विश्वासलाई कायम राख्दै यो समिश्रणबाट टिकट बाँडेमा हामी बहुमत प्राप्त गर्न सक्छौँ ।

यो निर्वाचनमा तपाईको उपस्थिति कुन रुपमा देखिँदैछ ?

मेरो उपस्थिति नयाँ युवाहरुको चाहाना, युवाहरुको माग र पूरानाहरुको विश्वासको रुपमा पर्छ । पोखरा भनेको एउटा पर्यटकीय स्थल र कास्की भनेको पर्यटकीय जिल्ला हो । यो जिल्लामा पर्यटन प्रवद्र्धनका लागि, यो जिल्लाको समृद्धिका लागि नयाँ जोशका साथ काम गर्ने नेतृत्व जनताले खोजेका छन् । त्यही रुपमा म आफूलाई कार्यकर्ताका बीचमा, जनताका बीचमा प्रस्तुतगर्न सकेको छु । त्यसो भएर समृद्ध पोखरा निर्माण गर्नका लागि, समृद्ध कास्की निर्माण गर्नका लागि मेरो उम्मेद्वारी रहन्छ । अबको राजनीति भनेको आन्दोलन, द्वन्द्वको राजनीति होइन समृद्धिको हो । जनताका बीचमा राजनीतिक स्थायित्वका साथ समृद्धि हासिल गर्नका लागि हामी इमान्दार भएर लाग्छौँ । हिजो पनि लागेका थियौँ र भोलि पनि लागिरहन्छौँ । त्यो करा जनतालाई विश्वास छ । त्या विश्वासलाई वास्तविकतामा बदल्नका लागि मेरो उम्मेद्वारी हुन्छ ।

कुन पदका लागि लड्दै हुनुहुन्छ ?

म नेपाली कांग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको लागि लड्दैछु । मलाई विश्वास छ मेरो पार्टीले मैँले हिजा काम गरेको अवस्था, मेरो निरन्तरता, इमान्दारिता र क्षमतालाई मुल्याङ्कन गरेर मलाई टिकट दिन्छ ।

फेरि चुनावका बेला त गुट उपगुट हन्छ होला नि ! नेताहरु संगको भेटघाट र कुराकानीमा के कस्ता कुराहरु भइरहेका छन् ?

अहिलेसम्मको अवस्था हेर्दाखेरी बाम गठबन्धनको र कास्कीको स्थानीय तहको निर्वाचन हेर्दाखेरी यसलाई चिर्नसक्ने पात्र, यसलाई चिर्नव्यक्ति तपाई हो । यसका लागि अगाडी बढ्नुस्, जिल्ला फर्किनुस् भन्ने खालका अभिव्यक्ति पाएको छु । म विश्वस्त छु त्यो पात्र म नै हुन्छु ।

संविधानको सफल कार्यान्वयनसंगै नेपाली कांग्रेसले अब देशको समृद्धि गर्छ भनेर जनतालाई कसरी विश्वस्त पार्नुहुन्छ ?

अहिले मुलूकको सबैभन्दा ठूलो समस्या भनेको राजनीतिक अस्थिरता हो । २०६४ पछि कम्युनिस्टका चारवटा प्रधानमन्त्री भएर तर संविधान दिन सकिएन । जब ७० मा हामी मुलूकको ठूलो पार्टी भयौँ । नेपाली कांग्रेसका सभापति शुसिल कोइरालाको नेतृत्वमा संविधान जारी भयो । संविधान जारी भएपछि उहाँले राजीनामा गर्नुभयो । त्यसपछि फेरि एमालेका केपी ओली प्रधानमन्त्री भए । उहाँले संविधान कार्यान्वयनको ‘क’ पनि उठाउनु भएन । जब नेपाली कांग्रेसले ओली लाई झिकेर प्रचण्डलाई साथ दियो र स्थानीय निर्वाचनको पहिलो चरणको निर्वाचन सफल भयो । यसको सम्पन्नता पछि अबको हाम्रो कार्यदिशा भनेको मंसिरमा आउने चुनाव हो । नेपाली कांग्रेसकै नेतृत्वमा संविधान बनेको हो । हाम्रै नेतृत्वमा यसका कार्यान्वयन भएर देश समृद्धिको बाटोमा अघि बढ्छ । हामीले कहिल्यै पनि राज्यलाई जनतालाई धोका पदएका छैनौँ र भोलीपनि दिँदैनौँ भन्ने जनतामा पूर्ण विश्वास छ । यही विश्वास नै जनताको बल हो ।

कास्की क्षेत्र नम्बर २ बाट उम्मेद्वार भएर त्यहाँबाट जितेर आइसकेपछि त्यहाँका जनताको विकास र समृद्धिका लागि यसो गर्न सक्छु भनेर आम जनतालाई के भन्नुहन्छ ?

अबको राजनीति भनेको समृद्धिका लागि राजनीति हो । पोखरा भनेको पर्यटकीय स्थल हो । त्यहाँको सम्पन्नता र समृद्धिको प्रमुख आधार भनेको पर्यटन विकास हो । पर्यटन विकासमा म देखिने गरी मुलूकलाई नमुना प्रस्तुत गर्ने गरी म आफ्ना कार्यक्रम अगाडी सार्छु । पोखरा पुगिसकेको पर्यटकलाई प्रत्येक गाउँमा पुग्नै पर्छ भन्ने खालको वातावरण सिर्जना गर्छु । त्यहाँको सडक, खानेपानी पर्यटन लगायत पूर्वाधारहरुको ठाउँमा विकास गर्छु भन्ने विश्सास छ र त्यो म गरेर देखाउँछु ।