काठमाडौँ – नेकपा एमालेको आकस्मिक स्थायी कमिटी बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन् । ओलीले बिहीवार बिहाना प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको आकस्मिक बैठक बोलाएका थिए ।


ADVERTISEMENT


बैठकमा आगामी २७ गते प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत, नयाँ सरकार गठन, राष्ट्रियसभाको निर्वाचन, कोरोना महामारी लगायतका विषयमा छलफल भएको जनाइएको छ ।


ADVERTISEMENT

# # #


आफ्नै पार्टीभित्र माधव नेपाल–झलनाथ खनाल पक्ष विश्वासको मत नदिने भएपछि ओलीले काँग्रेससँग सहयोग मागेको थियो । तर काँग्रेसले साथ नदिने बताएपछि ओलीले आकस्मिक बैठक डाकेका थिए ।