काठमाडौँ – राणाकालीन समयमा बनेको काठमाडौंको मध्यभागमा रहेको न्युरोड गेटको मर्मत सम्भार सुरु गरिएको छ ।


ADVERTISEMENT


‘सुन्दर काठमाडौं अभियान’ अन्तर्गत काठमाडौं महानगरपाालिकाले न्युरोड गेटको मर्मत सम्भार सुरु गरेको हो ।


ADVERTISEMENT

# # #


न्युरोड गेट मर्मत सम्भारका लागि आरडिआर निर्माण सेवासंग ३९ लाख ९० हजार रुपैयामा सम्झौता भएको थियो । गेट मर्मतको काम कार्तिक मसान्तसम्म गरिसक्ने महानगरले जनाएको छ ।

भूकम्पपछि न्युरोड गेटको झिंगटा (छाना) र काठले बनेको छाना भत्किएको थियो । उक्त गेटको समय समयमा जिर्णोद्धार गरिदै आएको थियो । भूकम्पपछि अन्य संरचना मर्मत सम्भारको काम भए पनि न्युरोड गेटको काम भने थालिएको थिएन ।

महानगरले न्युरोड गेटको झिंगटा भत्काएर नयाँ बनाउने र पुरानो गेटलाई नभत्काएर ममर्त गर्ने गरी डिजाइन तयार पारेको हो । गेटमा देवीदेवताका १२ वटा मुर्ति छन् । ती मुर्तिको स्वरुप परिवर्तन नहुनेगरी मर्मत हुने महानगरले जनाएको छ ।

राणाकालिन समयमा बनेको उक्त गेट इँटा, टायल र काठको झिंगटीले बनेको थियो ।