काठमाडौं – ‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण आजबाट शुरु भएको छ ।


ADVERTISEMENT


“नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वका चलचित्र र चलचित्रकर्मी माझ परिचित गराउने तथा चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने निफको उदेश्य रहेको निफको जुम मार्फत कार्यक्रमको उद्घाटनसत्र सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठान तथा यस निफका अध्यक्ष केपी पाठकको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहालले फील्म महोत्सवले विभिन्नि देशबीच आत्ीमय सम्बन्ध राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन । अवको फिल्म बजारलाई राष्ट्रिय स्तरमा मात्र नभई अन्तराष्ट्रियकरण गर्न निफ जस्ता महोत्सवले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

अब स्टोरी बैंक मार्फत नेपाली चलचित्रलाई विश्वसामू लौजान आवश्यक गृहकार्य समेत भैरहेको दाहालले बताए । कोरोना महामारीको बिचमा यो चलचित्र महोत्सवको विभिन्न प्यानलहरुमा गहन छलफल गरी नेपाली चलचित्र, बजार र समाजबारे ठोस निचोड एवं निष्कर्ष निकाल्न आग्रह समेत उनले गरेका छन ।

कार्यक्रमका बिशेष अतिथिका रुपमा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले निर्फ जस्ता अन्र्तराष्ट्रिय चलचित्र महत्सवहरुले चलचित्रको माध्यामबाट नेपाली कला , संस्कृति र पर्यटनलाई विश्वसामू प्रचार गर्ने र देश भित्र पनि धेरै रोजगारीको श्रृजना गरेको हुँदा यो श्रेत्रलाई सरकारी योजना भित्र पार्न सक्दो पहल गर्न प्रतिबद्धता व्यक्त गरेका छन ।

यसै बिच वरिष्ठ चलचित्रकर्मी निर शाहले विगतदेखी संचालित निफको कार्यक्रमलाई नजीकैबाट निहाल्दै छोटो समयमा प्रशंशायोग्य गतिविधिहरु सञ्चालन गर्दे आएको र यसको निरन्तरताका लागि सरकार र सरोकारवालाहरुले विशेष सहयोग गर्ने पर्ने बताए ।

सिनेमालाई अत्यन्तै नजीकबाट समाजसंग जोड्न निफको महत्वपूर्ण भूमिका रहेको बताउदै संगीत, साहित्य र सिनेमाको अध्यन महत्वपूर्ण रहेको हुँदा यो समाजको एैनाको रुपमा स्थापित भएको पनि शाहले बताए ।

कार्यक्रममा अर्को अतिथि अन्तराष्ट्रिय फिल्म सोसाइटी फेडरेशनका अध्यक्ष पोर्चुगलका ज्वाओ पाउलो मसेदोले निफको अगिल्लो कार्यक्रममा आफु जुरी रहेको हुँदा नेपाली चलचित्रहरु आफूले नजीकैबाट बुझेको बताए ।

नेपाली चलचित्रका सफल निर्देशक तथा निफको फिचर फिल्म प्रतिस्पर्धाको प्रमूख निर्णायक रहेका तुलसी घिमिरेले निफको कार्यक्रमहरु फलदायी र समयसान्र्दर्भिक रहेको बताउँदै समग्र चलचित्र श्रेत्रको विकास र विस्तारको लागी यसको भूमिका अतुलनीय रहेको बताए । साथौ बृतचित्र र लघु चलचित्र प्रतिष्पर्धाकी प्रमुख निर्णायक भारतकी फजीया फतीमा , चलचित्र बिकाश बोर्डका सदस्य सचिव महेन्द्र शाखी, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला लगतयतका बक्ताहरुले निफको भूमिकाको प्रशंसा गर्दे निरन्तरताको लागि आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

भर्चुअल संस्करणमा भारतीय चलचित्र क्षेत्रका लेखक, निर्माता, अभिनेता र सम्पादक अनुराग कश्यपले आफ्नो अनुभव सुनाएका छन ।

आफु पटक पटक नेपाल आएको र नेपालका हिम श्रृंखलाहरुबाट प्रभावित भई सुटिङ्गको योजना समेत रहेको बताए । नेपालका मनोरम दृश्य , नेपालीकथा विश्व बजारले समेत उत्साहाका साथ हेरीरहेको सुनाउदै आफु लण्डनमा रहेकोबेला डिभिडिबाट नेपाली चलचित्र हेर्नेगरेको र पछिल्लो समय कालोपोथी र सेतो सूर्य हेरेका प्रसङ्ग उल्लेख गरे ।