कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्य खटिन कर्मचारीलाई निर्देशन दिएका छन् ।


ADVERTISEMENT


कोरोनाबाट बढी प्रभावित सल्यान जिल्लाको अवस्था अनुगमनका लागि बिहीबार त्यहाँ पुगेका मुख्यमन्त्री शाहीले त्यहाँको आपतकालीन समस्या समाधान गर्न प्रदेश सरकार लागिपरेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


यसैक्रममा उनले जिल्ला अस्पताल सल्यानमा कोभिड बिरामीको अवस्था, भौतिक तथा प्राविधिक जनशक्ति र उपकरणका साथै स्वास्थ्यकर्मीको समस्याबारे समेत जानकारी लिएका छन् ।

यस्तै, मुख्यमन्त्री शाहीले प्रदेश सरकारको तर्फबाट गर्न सकिने काम जतिसक्दो चाँडो हुने प्रतिबद्धता पनि व्यक्त गरे । सल्यान जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैठकमा सहभागी भई उनले कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्यको कामलाई प्रभावकारी बनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिएका थिए । रासस