काठमाडौँ– आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचनको लागि ९ जना महिलाले मात्र टिकट पाएका छन्।


ADVERTISEMENT


आइतबार भएको उम्मेदवारी दर्ताअनुुसार प्रतिनिधिसभा सदस्यतर्फ ३ र प्रदेशसभा सदस्य निर्वाचनमा ६ गरी जम्मा ९ जना महिला नेतृले टिकट पाएका हुन्। प्रतिनिधिसभामा कांग्रेसबाट २ महिला नेतृले उम्मेदवारी दर्ता गराएका छन्। भने वाम गठवन्धनबाट १ जनाले उम्मेदवारी दर्ता गराएका छन्।


ADVERTISEMENT

# # #


खोटाङमा सरस्वती बजिमय र बागलुङ क्षेत्र नं. १ मा चम्पादेवी खड्काले उम्मेदवारी दर्ता गराउँदा पुर्वी रुकुमबाट वाम गठवन्धनबाट माओवादीकी कमला रोक्काले उम्मेदवारी दिएकी छिन्। प्रदेशसभा सदस्यतर्फ कांग्रेसबाट १ र वाम गठबन्धनबाट ५ महिला नेतृले उम्मेदवारी दिएका छन्।

ताप्लेजुङ (क) मा लिलादेवी बोखिमले कांग्रेसबाट उम्मेदवारी छिन्। वाम गठबन्धनबाट एमालेले पूर्वराज्यमन्त्री नरदेवी पुनलाई म्याग्दी (ख)बाट उम्मेदवारी बनाएको छ भने मनाङ (ख) मा खण्डा लामा गुरुङ चुनाव लड्दै छन्।

वाम गठबन्धनकै माओवादीबाट नुवाकोट १ (क) मा राधिका तामाङ, गोरखा २ (ख) मा कमला नहर्की र बझाङ (ख) बाट देवकी मल्ललाई उम्मेदवार बनाएको छ।

पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ गरी १११ सिटका लागि उम्मेदवारी दर्ता हुँदा वाम र कांग्रेस गठबन्धनबाट जम्मा ९ जना महिलाले मात्र टिकट पाएका हुन्।

नयाँ संविधानले संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेपनि प्रत्यक्षतर्फ ८ प्रतिशत महिलाले मात्र टिकट पाएका छन्।