काठमाडौँ – नेपाली काँग्रेसले अक्सिजनको कृतिम अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न माग गरेको छ ।


ADVERTISEMENT


आइतबार नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले तत्काल अक्सिजनको आपूर्ति तत्काल गर्न र कृतिम अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न माग गरेका छन् । उनले आवश्यक अस्पताल बेडको व्यवस्था सुनिश्चितता गर्न र आवश्यकता अनुसार विदेशबाट पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न पनि काँग्रेसका तर्फबाट सरकारको ध्यानकर्षण गराएका छन् ।


ADVERTISEMENT

# # #


काठमाडौं उपत्यकाका धेरै अस्पतालहरुमा अक्सिजनको गम्भीर अभाव हुन थालेको र यसले गर्दा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का विरामीहरुले अक्सिजन नपाउने अवस्था सृजना भएको उनको भनाई छ । सरकार कोभिड–१९ को उपचारमा देखिएको गम्भीर समस्याप्रति अझै संवेदनशील नभएको डा. महतको आरोप छ ।

नेपाली कांग्रेस आवश्यकता अनुसार सरकारसँग देशका विभिन्न ठाउँहरुमा कोभिड–१९ उपचारका लागि अस्थायी अस्पतालहरुको समुचित व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकारको सुनश्चितता गर्न पनि महतले माग गरेका छन् ।

त्यस्तै उनले खोप ल्याउने क्रममा भ्रष्टाचारको कुरा उठेको भन्दै छानविन गर्न पनि माग गरेका छन् । उनले सवै नागरिकमा छिटो भन्छा छिटो खोपको पहँुच पुराउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।