काठमाडौँ – सिँहदरबारमा माधव नेपाल–झलनाथ खनाल पक्ष समूहको सांसद्को बैठक शुरु भएको छ । प्रधानमन्त्रीले विश्वासको मतका लागि आह्वान गरेको विशेष अधिवेशन अगाडि संघीय संसद सचिवालय सिंहदरबारमा नेपाल–खनाल निकट सांसद्को बैठक बसेको हो ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि आह्वान गरेको संसद्को विशेष अधिवेशन बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ । आजै विश्वासको मतका लागि मतदान गर्ने तयारी रहेको छ ।


ADVERTISEMENT

# # #


कांग्रेस, माओवादीले ओलीलाई विश्वासको मतमा पराजित गर्ने निर्णय गरिसकेका बेला माधव पक्षका सांसदले समेत सामूहिक राजीनामा दिने तयारी गरेका छन् । नेकपा एमालेको माधव कुमार नेपाल पक्षले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्माओलीलाई आज बिहान ९ बजेसम्मको अल्टिमेटन दिएको थियो । अल्टिमेटमको समय सकिएपछि राजीनामाको विषयमा छलफल गर्न सांसद्हरु भेला भएका हुन् ।

 बैठकमा नेपाल खनाल पक्षका केही सांसदहरुले राजीनामा दिने/नदिने विषयमा छलफल हुने जनाइएको छ ।