काठमाडौँ– कोरोना संक्रमणको दोस्रो लहरका कारण यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित भएको छ ।


ADVERTISEMENT


राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कोभिड महामारीको जोखिम र अधिकांश जिल्लामा जारी निषेधाज्ञाका कारण दुवै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


तत्कालका लागि स्थगित गरिएको भनिएपनि सो परीक्षाहरु कुन मोडालिटी र कहिलेबाट सञ्चालन गरिने ? भन्ने विषयमा भने बोर्डले हालसम्म कुनै पनि निर्णय लिएको छैन । यद्यपि यसका लागि बोर्डका सदस्यहरुले आ–आफ्नो सुझाव लिएर १५ दिनभित्र बोर्डलाई राखिएको प्रस्ताव अनुसार, नै नयाँ मिति तय हुने शिक्षामन्त्रीका प्रेस सल्लाहकार ईश्वरराज ढकालको भनाई छ ।

यस वर्षको एसईईका लागि जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि शुरु हुने तालिका तोकिएको थियो । यस्तै, अघिल्लो वर्ष पनि लकडाउनकै कारण यी दुवै परीक्षा प्रभावित भएका कारण कक्षा १२ को परीक्षाको मिति केहि पर सरेको थियो भने एसईई नतिजाको निर्णय  विद्यालयलाई नै सुम्पिएको थियो ।