काठमाडौँ– कोरोना महामारीको विषम् परिस्थितिलाई मध्यनजर गर्दै सरकारले जारी निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय गरेको छ ।


ADVERTISEMENT


कोरोना संक्रमणको बढ्दो दर नियन्त्रण तथा रोकथामका लागि आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएसी काठमाडौंको बैठकले जेठ १३ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


यससंगै जारी निषेधाज्ञा लम्बिँदै जाँदा उपत्यकामा अलपत्र परी आफ्ना गन्तव्यमा फर्कन चाहाने व्यक्तिहरुलाई सुरक्षित रुपमा गन्तव्यमा लैजानको लागि व्यवस्था गर्ने तयारीमा उपत्यकाका तीनै सीडीओहरु रहेको जनाइएको छ ।

भाइरस रोकथामका लागि जारी वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधी आउँदो २९ गतेसम्मका लागि तोकिएको थियो ।